दफा ११
प्रवेश गर्न रोक लगाउन सक्ने
: देहायका अवस्थामा क्वारेन्टाइन अधिकृतले पैठारी गरिएका पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्रीको प्रवेशमा रोक लगाउन सक्नेछ ः-
(क) पैठारी गरिएका पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री जुन ठाउँबाट ल्याएको हो सो ठाउँमा संक्रामक रोगको प्रकोप भएको सूचना प्राप्त भएमा,
(ख) पैठारीकर्ताले पैठारी गर्ने पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्रीमा तोकिए बमोजिम संक्रामक रोग नभएको प्रमाणपत्र र स्वस्थता सम्बन्धी प्रमाणपत्र उपलब्ध नगराएमा,
(ग) खण्ड (ख) बमोजिमको प्रमाणपत्र उपलब्ध गराएको भए तापनि केही पशुहरु संक्रामक रोग लागि मरेको पाइएमा,
(घ) पैठारी गरिएको पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री ल्याउनको निमित्त प्रयोग गरिएको सवारी साधनमा संक्रामक रोगको लसपस भएको पाइएमा ।